घोराही, २४ मंसिर । देशमा आमूल परिवर्तन भए पनि मानवअधिकार अझै सुरक्षित हुन नसकेको प्रति दाङमा चिन्ता व्यक्त गरिएको छ । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मानव अधिकार सञ्जाल दाङको आयोजना र ओरेक नेपालको सहयोगमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकार सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
अहिले पनि स्वतन्त्ररुपले हिँड्नसक्ने अवस्था नरहेको, हत्या, हिंसा, बलात्कार, कुटपिट, गाली बेइज्जति तथा विभेदहरु कायमै रहेको भन्दै सुरक्षा र कानुन प्रभावकारी बन्न नसकेको उनीहरुको गुनासो छ । मानवअधिकार सञ्जालका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले राजनीतिक परितवर्तन भए पनि अपराधलाई नियन्त्रण गर्न चुनौति देखिएको बताउनुभयो ।
अहिले पनि स्वतन्त्रपूर्वक हिँडडुल, व्यापार व्यवसाय गर्नसक्ने अवस्था नदेखिएको भन्दै सुरक्षा निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । त्यसैगरी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मानवअधिकारलाई अझै पनि सुरक्षित गर्न नसकिएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
बढ्दो अपराध तथा हिंसाले मानवअधिकारको खिल्ली उडाएको भन्दै प्रभावकारी कानुन कार्यान्वयनसँगै शान्ति सुरक्षामा विषेश ध्यान दिन आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महिला मानवअधिकार रक्षकहरुको सञ्जालकी सचिव लक्ष्मी अचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, ओम शान्तिका माधव तिमल्सिना, ओरेकका पद्मा चौधरी, अपांग मानवअधिकार एवं सरोकार मञ्चका भूमा चौधरीलगायतले मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण अधिकारकर्मी शुष्मा गिरीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस