घोराही, २४ मंसिर । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानमा विभिन्न सेचतनामूलक कार्यक्रम गरी समापन गरेको छ । दिवसका अवसरमा घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएका विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै अभियानको समापन गरिएको हो ।
दिवसका अवसरमा हिंसालाई रोक्न गर्नुपर्ने पहल, परिवर्तन गर्नुपर्ने सोच, बुझ्नुपर्ने कानुनका बारेमा वडास्तरबाट जनप्रतिनिधि, सहकारी संस्थामा आबद्ध पदाधिकारी, आमा समूह, सासुबुहारीबीच अन्तर्क्रियालगायतका कार्यक्रम गरिएको उपमहानगरले जनाएको छ ।
सासु र बुहारीबीच आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रमसँगै १६ दिवसीय अभियानको समापन गरिएको हो । महिला बालबालिका तथा सामाजिक विकास शाखा संयोजक पशुपती चौधरीको अध्यक्षतामा कार्यक्रम गरी दिवसको समापन गर्दै सचेतना र कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ ।समापन कार्यक्रममा बोल्ने सासु तथा बुहारीहरुले सबै समान हौँ भन्ने भावनाको विकास भएको बताएका छन् । कसैले पनि कसैलाई रुखो व्यवहार गर्न नहुने भन्दै उनीहरुले व्यवहारमा मिठासपन र कानुन बुझ्ने मौका पाएको बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १८ की जीवा कुँवरले सबैले सबैलाई मर्यादाअनुसार सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । घरमा राम्रो व्यवहार भए मात्रै समाज राम्रो बन्ने भन्दै उहाँले सासुले बुहारीको र बुहारीको सासुले व्यवहार र सम्मानको मर्यादालाई भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले घरबाटै समान व्यवहार र समानता कायम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस