तुलसीपुर, २७ मंसिर । दंगीशरण गाउँपालिकामा रहेको वीरेन्द्र माविका विद्यार्थीलाई बाल विवाह न्यूनीकरणका लागि अभिमुखीकरण बिहीबार सम्पन्न भएको छ । गाउँपालिकालाई बाल बिबाह बालविवाह मुक्त बनाउने अभियानका साथ अभिमुखीकरण गरिएको हो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाको विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्रछात्राहरुलाई बाल बिबाह न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिएको हो । “शिक्षित छोरीको शिक्षित विचार, समानतामूलक समाजको आधार” भन्ने मूल नाराका साथ गाउँपालिकाको आयोजना कार्यक्रम भएको हो । गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा शाखा संयोजक चन्द्रकला वलीले बालविवाह न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस