घोराही, १५ पुस । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई मातृशोक परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी निबासी ९० बर्षिया झुविया चौधरीको आज बिहान घरमै निधन भएको हो ।
दिवंगत चौधरी केही समय देखि रक्तचापको समस्यामा रहनुभएका थियो । उहाँको आजै बबई नदीको चेपेखोला घाटमा अन्तिम दाहासंस्कार गर्ने परिवारले जनाएको छ ।
यसैबीच घोराही उप महानगरपालिकाले नगर प्रमुख नरुलाल चौधरीको आमाको निधन प्रति दुःख व्यक्त गरेको छ । उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रवक्ता भरत अर्यालले शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको छ । साथै शोकाकुल परिवारमा समेत समवेदना प्रकट गर्नुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस