सल्यान, ९ फागुन । सल्यानका जनप्रतिनिधिहरुको भेलाले जिल्लाको समृद्धि र विकासकालागि बुधवार १७ वुदे सल्यान घोषणा पत्र जारी गरेका छन । १० वटा स्थानीय तह तथा सल्यानं जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिहरुको तीनदिने भेलाले दिगो विकास, सुशासन र खाद्य अधिकारयुक्त जिल्ला बनाउन सल्यान घोषणापत्र जारी गरेको हो ।
हरेक हिसावले सल्यानलाई पछि पारिएको भन्दै जनप्रतिनिधिहरुले जिल्लाको विकासे योजना, आर्थिक पारदर्शीता, सुशासन र कृषि प्रवद्र्धनकालागि नीति कार्यक्रम तर्जुमा गर्ने जनप्रतिनिधिहरुले प्रतिवद्धता जाहेर गरे । सल्यानको बरलामा आयोजीत दिगो विकास, सशासन प्रवद्र्धन र खाद्यअधिकारकालागि तीनदिने कार्याशालापछि जनप्रतिनिधिहरुले समृद्ध सल्यान निर्माण गर्ने भन्दै घोषणापत्र जारी गरेका हुन । उनीहरुले जिल्लाको दिगो विकास गर्दै सुशासन र खाद्यअधिकारकालागि घोषणापत्र कोशेढुंगा सावित हुने बताए । घोषणापत्र जारी गर्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले घोषणापत्रलाई हरेक स्थानीय तहमार्फत आफना नीति कार्यक्रम र योजनामा समावेश गरी जिल्लालाई समृद्ध बनाउने प्रतिवद्धता जनाउनुभयो ।


प्रदेशको नामाकरण फागुन १२ मा : ज्वाला
तीनदिने कार्यशालाको समापन गर्दै ६ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ६ नम्वर प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने काम फागुन १२ गते हुने जानकारी दिनुभयो । प्रदेश नं. ६ नाम र राजधानी तोक्ने देशकै पहिलो प्रदेश हुने भन्दै आर्थिक समृद्धिको ढोका खोल्ने काम पनि ६ नम्वर प्रदेशले गर्ने बताउनुभयो । उहाँले सल्यानलगायत प्रदेश नं. ६ को समृद्धिकालागि हातेमालो गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । जनताले चुनेपछि हामी सवै साझा हौं, हामीलाई थप जिम्मेवारीको अवसर मिलेको छ– ज्वालाले भन्नुभयो,– पाएको जिम्मेवारीलाई सफल बनाउने हो भने आग्रह, पूर्वाग्रह होइन, मिलेर काम गरौं , विकासमा हातेमालो गरौ । उहाँले सल्यानले प्रदेशकै आर्थिक नेतृत्व गर्ने अवसर पाएकाले जिल्लाको विकासमा टेवा पुग्ने उल्लेख गर्दै पहिलो वजेटबाटै प्रदेशको विकासको आधार खुल्ने दावी गर्नुभयो । सो अवसरमा बोल्दै दार्मा गाउपालिकाका अध्यक्ष निमबहादुर केसीले संघ र प्रदेशको सहयोग विना स्थानीय तहले घोषणापत्र कार्यान्वयन गर्न नसक्ने भन्दै आवस्यक नीति निर्देशनको खाँचो औल्याउनुभयो । जिल्ला समन्वय समिति सल्यानको आयोजना, पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत हरप्लेस सल्यानको सहजीकरण र विएमजेड÷डब्लु एच एच तथा आरआरएन मार्फत जिविकोपार्जन तथा पोषण सुधार परियोजनाको सहयोगमा तीनदिनसम्म सञ्चालन गरिएको दिगो विकास, सुशासन प्रवद्र्धन र खाद्यअधिकार सम्वन्धि कार्यशालामा सल्यानका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस