घोराही, २८ फागुन । लागुऔषध ब्राउन सुगरसहित दाङमा तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घोराही—१८ रझेनाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घोराही—१४ बस्ने वर्ष १९ का मधुसूदन भुज, सोही ठाउँकै वर्ष २२ का धनबहादुर घर्ती मगर र वर्ष २१ का खिमबहादुर घर्ती रहेका छन् ।

प्रहरीले भुजबाट १ ग्राम १७० मिलीग्राम, घर्ती मगरबाट पाँच सय ७० मिलीग्राम र घर्तीबाट पाँच सय मिलीग्राम ब्राउन सुगर बरामद गरेको हो ।

तीन जनाबाट दुई ग्राम २४० मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध मुद्धामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस