घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले सहजै गुनासो सुनेर समस्या समाधान गर्न र सहजरुपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने फोन सेवाको सुरुवात गरेको छ ।

गएको माघ ११ गतेको १९ औँ नगर कार्यपालिका बैठकबाट भएको निर्णयअनुसार उपमहानगरले नागरिकको गुनासो व्यवस्थापन र सहजरुपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको हो ।

उपमहानगरपालिकाको कार्यक्षेत्रभित्रका कुनै पनि गुनासा, समस्या र सूचनाका लागि पैसा नलाग्ने नम्बर १६६०८२५६५५५ को व्यवस्था गरेको हो ।

उक्त टेलिफोन नम्बरमा फोन गरेर कुनै पनि गुनासो राख्न, समस्या भन्न र सूचना प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

सूचना, गुनासा र समस्या सकभर तत्काललै समाधान गरिने र तत्काल सम्भव नभएकाहरुको छिट्टै सम्बोधन गर्नेगरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । सूचना, सञ्चार तथा तथ्यांक व्यवस्थापन महाशाखा, सामान्य प्रशासन महाशाखा र सामाजिक विकास महाशाखामा उक्त फोन सेवा जोडिएको छ ।

समस्या तथा गुनासाहरु सम्वन्धित महाशाखाहरुबाट समाधान हुने र यदि हुन नसकेको तत्काल नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउन नगर प्रमुख चौधरीले निर्देशन दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस