तुलसीपुर, ३० फागुन । दाङको तुलसीपुरमा बजाज मोटरसाइकलको सोरुम उद्घाटन गरिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीरहादुर रावतले बुधवार बजाजको सोरुम क्रस वोर्डर प्रालिको एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । नेपाली बजारमा लोकप्रिय रहेको बजाज मोटरसाइकलको सोरुम उद्घाटन भएसँगै तुलसीपुर आसपासका सेवाग्राहीले सहज रुपमा सेवा पाउने भन्दै कार्यक्रमका वक्ताहरुले खुशी व्यक्त गरेका थिए ।

उक्त अवसरमा संघीय प्रहरी इकाई कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलिपकुमार चौधरी, बजाज कम्पनीका जि.एम.योगेन गुरुङ, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत बाबुराम गौतम, राप्ती बस समितिका अध्यक्ष शुरेस हमाल, तुलसीपुर उपमहानगरपालिकाका वरिष्ठ वित्तीय अधिकृत ललितबहादुर घर्ती, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, रिर्पोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम प्रालिका सञ्चालक प्रदीप केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस