घोराही, ३ चैत्र । रोल्पाली ढाङ्ढुंगे कुरेली सेवा समाज घोराही र कुरेली सेवा समाज तथा अन्तराष्ट्रिय सम्पर्क मञ्चले शनिबार क्यान्सर पीडित र वैदेशिक रोजगारीका क्रममा हातका औँला गुमाएका दुई जनालाई आर्थिक सहयोग गरेको छ ।
घोराही उपहानगरपालिका १३ तुरुन्तपुरमा एक कार्यक्रमको आयोजना गरी ति दुई संस्थाले क्यान्सर पीडित रोल्पा परिवर्तन गाउँपालिका १ कुरेली मर्बाङ निबासी २० वर्षीया मङ्गल पुनको उपचारका लागि उहाँका बुवा कृष्ण पुनलाई ६ लाख ९७ हजार ५५ रुपैयाँ सहयोग गरेका हुन् ।
त्यसैगरी, सोही ठाउँ घर भई हाल घोराहीमा बस्दै आएका र वैदेशिक रोजगारीका क्रममा औँला गुमाएर फर्कनुभएका ३८ वर्षीय सुरज रोकालाई पनि ५० हजार रुपैयाँ नगद सहयोग गरेका छ ।
रोल्पाली ढाङ्ढुंगे कुरेली सेवा समाजका अध्यक्ष नारायणप्रसाद रोकामगरको अध्यक्षता एवं समाजका संरक्षक गणेशप्रसाद रोकामगरको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा पीडितहरुलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार कैलाश रोकामगर र अन्तर्राष्ट्रिय मञ्चका संरक्षक कुम्भबहादुर बुुढामगरले रोल्पा ढाङ्ढुंगे कुरेली घर भएर विभिन्न ठाउँमा बसाइसराई एवं कर्मथलो बनाएकाहरुले पीडितहरुलाई सहयोग गरेको जानकारी दिनुभयो ।
एउटै गाउँठाउँमा जन्मिएर अहिले विभिन्न ठाउँलाई कर्मथलो बनाए पनि आफूहरु भावनात्मकरुपले एकै ठाउँमा रहेको सन्देश दिन चाहेको उहाँहरुको भनाइ छ । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले गाउँबाट बसाइसराई गरेर विभिन्न ठाउँमा पुगे पनि भावना र आत्मीयतालाई समाज गठन गरेर जोड्न सकेकोमा धन्यावाद दिनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय मञ्चका उपाध्यक्ष डम्बर बुढामगरले स्वागत गर्नुभएको थियो भने सहजीकरण समाजका महासचिव थुम वलीले गर्नुभएको थियो । ढाङ्ढुंगे समाजले घोराहीमा आफ्नो कलासंस्कृतिको जगेर्नाका लागि समेत पहल गर्दै आएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस