दाङ, चैत्र ९ । त्रिभुवननगर जेसिज दाङका नयाँ सदस्यहरुको लागि पूर्वपरिचय तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा विभिन्न क्षेत्रबाट जेसिज बन्न चाहने व्यक्तिहरु सहभागी थिए ।

तालिम प्रतिष्ठानका अध्यक्ष कुमारराज श्रेष्ठ प्रमुख प्रशिक्षक र पूर्वअध्यक्ष रजिव उल्लाह खान र पुष्प आचार्य प्रशिक्षक रहेको तालिममा जेसिजको बारेमा जानकारी दिइनुका साथै जेसिजका सदस्यहरुले अपनाउनु पर्ने अनुशासन लगाएतको बारेमा प्रशिक्षण दिइएको थियो ।

त्रिभुवननगर जेसिजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा भएको तालिमको स‌ंयोजकमा चिरिन्जीवि कुँवर रहनुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो । तालिममा २१ जनाको सहभागिता रहेको थियो । जेसिजमा प्रवेशका लागि यो तालिम अनिवार्य लिनुपर्ने प्रावधान रहेको छ ।

कार्यक्रममा नयाँ सदस्यहरु भूपाल रोकाया, बालकुमार घर्ती र श्याम गिरीले आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको सचिव टंकबहादुर रावत अनन्तले जानकारी दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस