घोराही, १९ चैत । बढ्दो दुर्व्यसन रोक्न विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्लास्तरीय युवा समूहको आयोजना तथा इन्सेकको समन्वयमा सोमवार सौंडियारमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनको माग गरेका हुन् । साथै उनीहरुले टोल–टोल सचेतनामूलक कार्यक्रम पनि गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले विद्यालय परिसरमा मादक पदार्थ, तथा सूर्तीजन्य वस्तु बिक्रीमा रोक लगाउन अभियान थाल्नुपर्ने बताए । समूहका अध्यक्ष शेरबहादुर वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ६ का कार्यवहाक अध्यक्ष केशवराज बिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सचिव जीवराज अधिकारी, शहरी क्लिनिकका उमा चौधरी, मानवअधिकार निगरानी समूहका उपाध्यक्ष लौटन चौधरी, सीमा भण्डारी, विनिता पन्त, सकुन्तला विक र प्रविण चौधरी, इन्सेक जिल्ला सहजकर्ता शालिकराम मुसाफिरले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिसीले युवा सशक्तिकरणका लागि वडा कार्यालयले सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस