घोराही, २९ जेठ । बढ्दो गर्मीका कारण पठनपाठन प्रभावित हुँदै गएपछि दाङका निजी विद्यालयहरु भोलिदेखि तीन दिन बन्द हुने भएका छन् । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले आज विज्ञप्ति जारी गर्दै बढ्दो गर्मीका कारण विद्यार्थीको संख्या पनि घटेपछि बिदा गरिएको उल्लेख गरेका छन् ।
प्याब्सन दाङका अध्यक्ष यादव गिरी र एन प्याब्सन दाङका अध्यक्ष भीमबहादुर बुढाथोकीले जारी गर्नुभएको बिज्ञप्तिमा बढ्दो गर्मीका कारण विद्यार्थीहरु बिरामी हुने र विद्यालयमा संख्या घट्दै गएपछि ३० गतेदेखि असार १ गतेसम्म तीन दिन निजी विद्यालयहरु बन्द गरिएको उल्लेख छ ।
साथै विज्ञप्तिमा गर्मी मौसममा स्वास्थ्यमा देखिनसक्ने जतिलताहरुलाई विशेष ख्याल गर्न समेत विद्यार्थी तथा अभिभावकहरुलाई अपिल गरिएको छ । गर्मी मौसममा देखिने स्वास्थ्य समस्याहरुले पठनपाठनमा असहजता ल्याएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस