घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १७ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । चौघेरास्थित मन्दिर गेट अगाडि हरिद्वारमा निर्माण गरिएको करिब ५३ लाख रुपैयाँको लागतमा निर्मित भवनको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको हो ।

वडाध्यक्ष खुशीराम चौधरीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपानेको विशिष्ट आतिथ्यतामा नयाँ भवनको उद्घाटन गरिएको हो । तीनवटा शौचालय र पाँचवटा कोठा रहेको भवनबाटै सेवा पनि आरम्भ गरिएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले सेवा प्रवाह गर्ने कार्यालय स्रोत साधन सम्पन्न भए मात्रै सेवामा प्रभावकारिता ल्याउन सकिने बताउनुभयो । नागरिकहरुलाई अधिकतम सेवा सुविधा दिने योजनामा उपमहानगर रहेको भन्दै उहाँले सेवालाई छिटो छरितो र गुनासो रहित बनाउन निर्देशनसमेत दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उमानन्द खनाल र नेपाली कांग्रेसका बुझौना चौधरीले आ–आफ्ना भनाइ राख्दै स्थानीय सरकारले जनताको मन छुने र न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभयो । वडा सदस्य तुलप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडासचिव ईश्वरीप्रसाद पाण्डेले गर्नुभएको थियो ।

यसैबीच वडा नम्बर १७ को कार्यालयले वडाबाटै सम्पत्ति र मालपोतको कर संकलन थालेको छ । भवन उद्घाटनकै अवसरमा नगर प्रमुख नरुलाल चौधरीले सेमलाल मल्ललाई कर तिरेको रसिद हस्तान्तरण गरी वडा कार्यालयबाटै कर बुझ्ने कार्यको थालनी गर्नुभएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस