तुलसीपुर , २५ कार्तिक । पश्चिम दाङमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३० वर्षिय मानसिंह वली रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिनुभएको छ । दंगीशरण गाउँपालिका वडा नम्वर ६ बाट पिकनिक खान गएर फर्किने क्रममा ना २ ख ९६३५ नम्वर बसले बबई गाउँपालिका वडा नम्वर ५ बगरपुरमा शनिवार साँझ साढे ५ बजेतिर ठक्कर दिँदा पैदल यात्री वलीको घटनास्थलमै ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार बसले ठक्कर दिएर लडेका वलीलाई ब्याक गरेर बसले किचेको थियो । मृतकको शवलाई आइतवार विहानसम्म पनि उठाइएको छैन । मृतकका आफन्तिले शनिवार शव उठाउन नदिएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस