घोराही, २६ कार्तिक । प्रेस युनियन दाङले यस वर्षको तिहारमा भैलो खेरेर पौने तीन लाख रुपैयाँ संकलन गरेको छ । भवन निर्माण र अक्षयकोष स्थापनार्थ खेलिएको भैलोबाट २ लाख ७३ हजार रुपैयाँ दानस्वरुप संकलन भएको युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
लमही नगर विकास समितिले दिएको जग्गामा भवन निर्माणको थालनाी गर्ने र १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने सोच रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । अक्षयकोषबाट आउने व्याजले बिपत्तिमा परेका युनियनका सदस्यहरुलाई राहत उपलब्ध गराउने योजना रहेको उहाँको भनाइ छ ।
तिहारका अवसरमा घोराही, तुलसीपुर र लमहीमा युनियनमा आबद्ध पत्रकारहरुले भैलो खेलेर दान संकलनसँगै शुभकामना समेत आदानप्रदान गरेका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस