तुलसीपुर, ३० कार्तिक । पश्चिम दाङमा प्रहरी जवानसहित ३ जनामाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वली, स्थानीयवासी पुतली रोका र विशाल रोकामाथि हिजो राति करिब ८ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्रहरी जवान वलीको टाउकोमा ८ वटा टाका लगाइएको छ भने पुतली र विशाललाई सामान्य चोट लागेको छ । खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवा निबासी २५ बर्षका चन्द्र भन्ने जीवन परियार, सोही ठाउँ निवासी २० बर्षका नैनसिङ नेपाली, २२ बर्षका सुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाउँमा ढुङ्गामुढा र घरेलु हतियार प्रहार गरी भाग्दै गरेका आरोपीलाई समात्ने क्रममा प्रज वलीमाथि आक्रमण भएको प्रनानि चौधरीले बताउनुभयो । झगडा भएको जानकारी आए लगत्तै हामी गाउँमा पुग्यौं,’ प्रनानी चौधरीले भन्नुभयो, ‘ स्थिती तनाव पूर्ण भएपछि गोली ठोक भनेपछि उनिहरु भागे र लखटेर समात्यौं ।’ आरोपीको साथबाट खुकुरी, बञ्चरो, खुर्पा लगाएतका घरेलु हतियार बरामद गरिएको छ ।

प्रहरीले आरोपीलाई ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा चलाउने तयारी गरेको छ । पुतलीको घरमा उनको भतिजा पर्ने बिशाल र आरोपी मध्यका जीवनले संगै बसेर मापसे गर्ने क्रममा विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस