दङ्गीशरण, ३० कार्तिक । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दङ्गीशरण गाउँपालिकामा समुदाय—प्रहरी पालिका समिति गठन गरिएको छ । समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उद्देश्यले समिति गठन गरिएको हो । गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीको सयोंजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको छ ।

जसको सह—सयोंजकमा गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी खड्का रहनुभएको छ । त्यस्तै सदस्य सचिवमा इलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायक निरीक्षक जीवनबिक्रम शाह, सदस्यहरुमा वडा नं. ४ का अध्यक्ष नेवबहादुर कुवँर मगर, इलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी सहायक निरीक्षक माधवकुमार श्रेष्ठ ,स्वास्थ्य सस्ंथाका बासुदेव चौधरी,आमा समूहबाट उमा बस्नेत, बसन्ती वली, वीरेन्द्र मावि हेकुलीका प्रधानाध्यापक खिमराज खनाल, सञ्चारकर्मी दीप्तिशिखा चौधरी लगायत रहनुभएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत मार्सलकुमार वलीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण प्रहरी जवान टीका थापाले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस