घोराही, २ मङ्सिर । दाङको लमहीमा यात्रुवहाक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुबाङ्गबाट लमहीतर्फ आउँदै गरेको ना ३ ख ९४७ नम्बरको माइक्रो बस लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा  दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनालाई थप उपचारका लागि भैरहवा रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

रिफर हुनेमा प्युठान मल्लरानी गाउँपालिका वडा नम्वर ३ बस्ने ५७ वर्षीय गोविन्द शर्मा, राप्ती गाउँपालिका ७ बस्ने २५ वर्षीया सरिता चौधरी, भालुवाङकी ३० वर्षीया निर्मला कोइराला, सिसहनियाँ बस्ने १४ वर्षीय डोरबहादुर परियार, सोही ठाउँका ४५ वर्षीया हिमा गाहामगर र लमही नगरपालिका ३ बस्ने ६५ वर्षीय साँढु चौधरी रहेको प्रहरीले बताएको छ ।

बाँकी सबै घाइतेहरु फ्लोरेन्स अस्पताल लमहीमा सामान्य उपचारपछि घर फर्किसकेको बताइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस