घोराही, २ मङ्सिर । शैक्षिक गुणस्तर सुधारका लागि राप्ती गाउँपालिकाले विद्यालयको अनुगमन थालेको छ । गाउँपालिकाले आज शंकर माध्यामिक विद्यालय पिपरी र नुतन प्रावि सिङ्गेको अनुगमन गरेको छ। विद्यालयको शैक्षिक अवस्था, व्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको र विद्यार्थिको शैक्षिक क्षमताअनुसार विषयगत शिक्षकको मूल्याङ्कन गर्नका लागि गाउँपालिकाले अनुगमन गर्दै आएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार राप्ती गाउँपालिकाभित्रका सरकारी विद्यालयका सम्पूर्ण प्रधानाध्यापकहरुलाई सोमवार विहान ७ बजे गाउँपालिकामा बैठकको आब्हान गरिएको र सो बैठकमा विद्यालयको शैक्षिक अवस्था, विद्यालयको व्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको क्षमता तथा विद्यार्थीको शैक्षिक क्षमताअनुसार विषयगत शिक्षकको मूल्याङ्कन गर्नका लागि आग्रह गरिने समेत बताइएको छ ।

अनुगमनको क्रममा शिक्षकको नियमितता, शैक्षिक योजना, सरसफाईलगायतका विषयमा व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस