घोराही, १० मंसिर । नेपाल पत्रकार महासंघ दाङले आगामी पुस १ गते देखि ४ गतेसम्म २६ औं स्थापना दिवस तथा साधारणसभाको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

महासंघ दाङको सोमबार घोराहीमा बसेको बैठकले स्थापना दिवस तथा साधारणसभाको अवसरमा सञ्चारकर्मीहरुलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । जसका लागि प्रतिभा छनोट गर्न अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा महासंघका निर्वतमान केन्द्रीय सदस्य अजयदीप शर्मा र महासंघ दाङका निर्वतमान अध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतम सदस्य रहेको छनौट समिति गठन गरिएको छ । त्यसैगरी प्रभातफेरि कार्यक्रमका लागि अध्यक्ष प्रियासनकै संयोजकत्वमा सदस्यहरु पाण्डव शर्मा, केशरमान बिसी, देव यादव र सविता चौधरी सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

बैठकले पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको व्यवस्थापन गर्न प्रियासनकै संयोजकत्वमा सचिव भूपेन्द्र वली, कोषाध्यक्ष आरके शीतल, सदस्यहरु भरतराज शर्मा र राकेश बस्नेत सदस्य रहेको उपसमिति, महिला विशेष कार्यक्रम गर्नका लागि उपाध्यक्ष लीला शाहको संयोजकत्वमा सहसचिव सर्मिला डिसी, सदस्यहरु नारायण भण्डारी र सविता चौधरी सदस्य रहेको उपसमिति गठन गरेको छ ।

साधारणसभामा सांगठनिक प्रतिवेदन पेश गर्न सचिव भूपेन्द्र वली र आर्थिक प्रतिवेदन पेश गर्न कोषाध्यक्ष आरके शीतललाई जिम्मा दिइएको छ । मञ्च व्यवस्थापनको जिम्मा सहसचिव गोकर्ण पौडेल, सदस्यहरु जनक नेपाली र लीलाधर ओलीलाई दिइएको छ ।

त्यसैगरी स्वागत सत्कारको जिम्मा उपाध्यक्ष लीला शाह, सहसचिव सर्मिला डिसी, सदस्यहरु सविता चौधरी, नारायण भण्डारी र नवीन अभिलाषीलाई दिइएको छ ।

भोजन व्यवस्थापनको जिम्मा कोषाध्यक्ष आरके शीतल, सदस्यहरु केशरमान बिसी, भरतराज शर्मा र देव यादव, प्रमाणपत्र तयारीको जिम्मा सचिव भूपेन्द्र वली सदस्यहरु पाण्डव शर्मा, नवीन अभिलाषी र प्रेम विवश घर्तीलाई दिइएको छ ।

स्वयंसेवक परिचालनको जिम्मा सदस्य पाण्डव शर्मा, प्रेमविवश घर्ती र शिव घर्तीलाई दिइएको छ । बैठकले कार्यसमित सदस्य राकेश बस्नेतका बुवा मीनबहादुर बस्नेत, साधारण सदस्य राजेश चौधरीका बुबा जञ्जिरी चौधरी र साधारण सदस्य अमरराज आचार्यका बुबा मणिराम आचार्यको बुबाको हालै निधन भएकोमा दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बैठक अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस