घोराही, ११ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशव आचार्यले आफ्नो वडाअन्तर्गतका हरेक विद्यालयमा व्यक्तिगत खर्चमा छात्राहरुका लागि सेनेटरी प्याडको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ । आचार्यले २ नं. वडा अन्तर्गतका ८ वटा सरकारी तथा २ वटा निजी विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य विषयका शिक्षकहरुसँगको बैठकमा आफ्नो जन्मदिनका अवसरमा उक्त घोषणा गर्नुभएको हो ।
अध्यक्ष आचार्यले महिनावारीका समयमा बालिकाहरुलाई अप्ठेरो स्थिति आउन नदिनका लागि आफूले जन्मदिन पारेर सानो प्रयास गरेको बताउनुभयो । विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था नहुँदा कतिपय बालिकाहरुले विद्यालय छोड्ने स्थितिसम्म पुगेको बताउँदै उहाँले आफ्नो यो प्रयासले बालिकाहरुमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
साथै बैठकले बालमैत्री वडा घोषणाका लागि विद्यालयका प्रअ र शिक्षकहरुसँग ३९ वटा सूचकहरुमाथि छलफल गरी सूचकहरु पूरा गर्न जिम्मेवारी समेत दिएको छ । विद्यालयसँग सम्बन्धित सूचकहरु प्राप्तिका लागि अनिवार्य रुपमा तोकिएको काम गर्न प्रधानाध्यापकहरुलाई बैठकले जिम्मेवारी दिएको छ । विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको जन्मदर्ता अनिवार्य हुनुपर्ने भन्दै जन्मदर्ता हुन छुटेका बालबालिकाहरु भए तत्काल जन्मदर्ता गराउन सहजीकरण गर्न समेत प्रअहरुलाई जिम्मा दिइएको अध्यक्ष आचार्यले बताउनुभयो ।
साथै बैठकले बालमैत्री वडा घोषणाका लागि विद्यालयका प्रअ र शिक्षकहरुसँग ३९ वटा सूचकहरुमाथि छलफल गरी सूचकहरु पूरा गर्न जिम्मेवारी समेत दिएको छ । विद्यालयसँग सम्बन्धित सूचकहरु प्राप्तिका लागि अनिवार्य रुपमा तोकिएको काम गर्न प्रधानाध्यापकहरुलाई बैठकले जिम्मेवारी दिएको छ । विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको जन्मदर्ता अनिवार्य हुनुपर्ने भन्दै जन्मदर्ता हुन छुटेका बालबालिकाहरु भए तत्काल जन्मदर्ता गराउन सहजीकरण गर्न समेत प्रअहरुलाई जिम्मा दिइएको अध्यक्ष आचार्यले बताउनुभयो ।वडाका १० वटै विद्यालयहरुमा स्वास्थ्यसम्बन्धी प्रशिक्षण कार्यक्रम तय भएको बताउँदै तालिका बमोजिम कार्यक्रम गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । वडा नं. २ लाई बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको भन्दै वडाका सम्पूर्ण विद्यालय र स्वास्थ्य व्यवस्थापन समितिमा अनिवार्य बाल सञ्जालको प्रतिनिधित्व गराउने निर्णय गरिएको आचार्यले बताउनुभयो । बालबालिकाका मुद्दाहरु सम्बोधन हुनका लागि उनीहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेकाले वडाले बाल सहभागिताको ग्यारेन्टी गरेर मात्र अगाडि बढ्ने उहाँले बताउनुभयो ।












