घोराही, १२ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही १७ गुलरिया स्थित जलाशयमा डुबेर घोराही १५ का लक्ष्मण डिसीको निधन भएको प्रति दुःख व्यक्त गर्नुभएको छ । नगर प्रमुख चौधरीले बुधबार शोक विज्ञप्ति जारी गरी १८ वर्षीय डाँगीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
‘लक्ष्मणको अकल्पनीय र असामयिक निधनप्रति श्रद्धाञ्जली र उहाँको निधनबाट विक्षिप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ उहाँले शोक विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ‘दुःखको यस घडीमा लक्ष्मण डाँगीका बुवाआमा तथा परिवारमा पीडालाई सहने धैर्यता प्राप्त गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’
नगर प्रमुख चौधरीले जलाशयहरुलाई सुरक्षित बनाउन आवश्यक पूर्वाधारहरु निर्माण गर्ने र नागरिकहरुलाई सचेतनाका लागि बोर्डहरु राख्ने विषयमा विशेष ध्यान दिने बताउनुभएको छ । साथै बिपद्को समयमा आवस्यक स्रोत साधन र दक्ष जनशक्ति उत्पादनतर्फ स्थानीय सरकार सचेत बनेको पनि विज्ञप्तिमा उल्लेख छ ।
शोक विज्ञप्तीमार्फत उहाँले सबै नागरिकहरुलाई यी जलाशयहरुमा नुहाउन, पौडी खेल्न, कपडा धुनका लागि नपस्न र प्रयोग नगर्न अपिल गर्दछु भन्नुभएको छ । जलाशयहरुलाई सुरक्षित बनाउन र सचेतना बोर्डहरुलाई थप व्यवस्थित गर्न स्थानीय सरकारले तत्काल काम थाल्ने समेत जानकारी गराउँदछु । साथै दिव‌ंगत लक्ष्मणको खोजी कार्यमा सहभागी हुने प्रहरी प्रशासन, सुरक्षा निकाय, टोलबासी, अन्य नागरिक तथा जनप्रतिनिधि एवं कर्मचारीहरुलाई धन्यावाद दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस