भुवन के.सी.

रोल्पा, १३ मंसिर । रोल्पाबाट ३ बालकको उद्धार गरिएको छ । राजधानीका इँट्टा भट्टामा लैजाँदै गरेका ती बालकलाई प्रहरीले जिल्लाको सिम्पानी र निगालपानीबाट उद्धार गरेको हो ।

उद्धार कार्यमा त्रिवेणी गाउँपालिकाले विशेष पहल थालेको हो । दाङ हुँदै राजधानी लैजाँदै गरेको अवस्थामा त्रिबेणी गाउँपालिकाको सिम्पानी र निगालपानीबाट प्रहरी परिचालित गरेर बालकको उद्धार गरेको अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष वलीले गाउँपालिकाबाट बालबालिकालाई जिल्ला बाहिर लैजानबाट रोक्न सबै नाकामा कडाइ गरिएको बताउनुभयो । प्रहरीले हरेक दिन सवारी साधनमा चेकजाँच गर्दै आएको छ भने पैदल यात्रुलाई पनि निगरानी बढाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस