घोराही, १७ मंसिर । ३४ वर्षीया पत्नी हत्याको कसुरमा घोराही उपमनपा–१७ का ४५ वर्षीय ऋषिराम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको इजलासले चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद गर्ने फैसला गरेको हो । जन्मकैद भनिए पनि चौधरीले २० वर्ष कैद भुक्तान गर्नु पर्नेछ । चौधरीले ३४ वर्षीया पत्नी सरिता चौधरीलाई गत असार ३० गते कुटपिट गरी हत्या गरेका थिए ।
मादक पदार्थ सेवन गरी कुटपिट गर्दा सरिताको घटनास्थलमै मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस