तुलसीपुर, १९ मङ्सिर । अफिसर्स क्लब तुलसीपुरले आज विभिन्न कार्यालयमा सरुवा भएर आउनुभएका प्रमुखहरुलाई स्वागत गरेको छ।

आज स्वागत गरिनेहरुमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका प्रमुख खडानन्द गौतम, राप्ती अञ्चल अस्पतालका प्रमुख डा. सर्वेश शर्मा, इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, नापी कार्यालय तुलसीपुरका प्रमुख शरद आचार्य, नेपाख खाद्य संस्थानका प्रमुख माधव मिश्र रहनुभएको छ।

त्यसैगरी सशस्त्र बेस क्याम्पका प्रमुख अशोक न्यौपाने, पशु सेवा कार्यालयका कमल कुसुम आचार्य,आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लक्ष्मणसिंह श्रेष्ठ, जलाधार व्यवस्थापन कार्यालयका अधिकृत जिउत राउत अहिर लगायत रहनुभएको छ। उहाँहरुलाई क्लबका सल्लाहकार तथा उच्च अदालत तुलसीपुरका रजिष्ट्रार श्रीलाल पौडेल, क्लबका कार्यवाहक अध्यक्ष नारायणी रजौरेले खादा, पुप्पगुच्छा र क्लबको रसिद दिएर स्वागत गर्नुभएको थियो।सो अवसरमा बोल्दै क्लबका सल्लाहकार तथा उच्च अदालत तुलसीपुरका रजिष्ट्रार पौडेलले राष्ट्रसेवक कर्मचारीहरुको प्रमुख दायित्व नागरिकहरुलाई छिटोछरितो उत्कृष्ट सेवा प्रवाह गर्नु रहेको र बाँकी बचेको थोरै समयमा सामाजिक काममा लगाउँदा समाजप्रतिको दायित्व बोध हुने बताउनुभयो ।

सो अवरसमा उच्च सरकारी वकिल कार्यालयका प्रमुख खडानन्द गौतम, वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शिवराम अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम क्लबका कार्यवाहक अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा सहजीकरण क्लबका सदस्य कमल घलेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस