घोराही, १९ मंसिर । घोराही-१५ स्थित जानकी टोल विकास संस्थाका सल्लाहकार तथा घोराही-१६ का वडा अध्यक्ष स्व. लछिनप्रसाद बुढाको सातौँ दिन बुधबार शोकसभा सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष रञ्जित वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगी, सल्लाहकार तथा घोराही-५ का वडा अध्यक्ष विष्णुमणि दाहाल, १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, सल्लाहकारहरु रोबरबहादुर बस्नेत, लालबहादुर आरसी, नेपाली काँग्रेसका क्षेत्रीय सदस्य रेखबहादुर वलीले बोल्नुभएको थियो ।

घर परिवारको तर्फबाट स्व. लछिनप्रसाद बुढाका कान्छा भाई ईश्वर बुढाले सबैलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस