दाङ, २७ मंसिर । नेपाल इन्जिनियर्स एसोसियसनको ३२औं कार्यकारिणी केन्द्र र प्रदेशको निर्वाचन भोलि हुने भएको छ । नेपाल इन्जिरनियर्स एसोसियसन दाङ शाखाले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष अनन्तराज घिमिरेले प्रदेश र केन्द्रको समिति चयन गर्नका लागि निर्वाचन हुन थालेको जानकारी दिनुभयो । जसका लागि देशभर १३ स्थानमा निर्वाचनस्थल राखिएको छ । जसमा प्रदेश नं. ५ को दाङ, नेपालगञ्ज र बुटवलमा निर्वाचनको केन्द्र राखिएको छ ।

निर्वाचन बिहान ८ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । नयाँ नेतृत्वका लागि दुईवटा प्यानल प्रतिस्पर्धामा रहेका छन् । लोकतान्त्रिक प्यानल र प्रगतिशील प्यानलबीच प्रतिस्पर्धा हुन थालेको हो ।
मतदान अधिकृत मदन वलीकाअनुसार दाङबाट ७० जनाले मतदान गर्नेछन् । निर्वाचन सकिए लगत्तै मतगणना शुरु हुने उहाँले जानकारी दिनुभयो । दाङमा मतदानस्थल घोराहीको डोको होटेलमा राखिएको छ । दाङमा हुने निर्वाचनमा दाङ, रोल्पा र रुकुम पूर्वका इन्जिनियरहरुले मतदान गर्नेछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस