घोराही, २८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १० को भवन निर्माण गरिएको छ । करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनको शुक्रबार प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्नुभएको छ ।
वडा अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षता एवं प्रदेशसभा सदस्य अमबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको बिशिष्ट आतिथ्यतामा नवनिर्मित भवनको उद्घाटन गरिएको हो । भवनको ५ ओटा कोठा र तीन ओटा शौचालय रहेको छ ।
वडाका महिला सदस्य लक्षिमा लम्सालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने बक्ताहरुले वडाका प्रबाह गरिने सेवा सुबिधालाई अझै छिटो छरितो बनाउन आग्रह गरेका छन् । वडाको आबस्यकतामा आधारित विकासलाई सन्तुलित बनाउन आग्रह गर्दै बिभिन्न क्षेत्रका व्यक्तिहरुले गुणस्तरीय र दिगो विकासमा ध्यान दिन स्थानिय सरकार सँग आग्रह गरेका हुन् ।
कार्यक्रमका प्रमुख अथिती सांसद डाँगीले अबको विकास सुबिधा प्राप्त गर्ने व्यक्तिहरुकै अगुवाईमा हुने बताउनुभयो । वडाको सन्तुलित विकासका लागि वडाबासीहरुले नै योजना छनोट गर्दा बिषेश ध्यान दिनुपर्नेमा सुझाब दिनुभयो ।
त्यसैगरी नगर प्रमुख नरुलाल चौधरीले देश नयाँ ढंगबाट अघि बढेको भन्दै वडाबाट गर्न सकिने सबै कामहरुलाई एकीकृत ढंगबाट प्रबाह गरिने उल्लेख गर्नुभयो । मेरो विकास भन्ने भाबनाका साथ वडाबासीहरु पनि विकासको नेतृत्व गर्न अघि बढ्नुपर्ने उल्लेख गर्दै स्थानिय सरकारको मुख्य उदेश्य नागरिकलाई सम्पन्न र विकास सँग कसरी जोड्न सकिन्छ भन्ने नै रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा थारु समुदायको बिभिन्न नाचहरु पनि प्रर्दशन गरिएको थियो । कार्यक्रमको सहजिकरण वडा सदस्य काशी खनालले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस