घोराही, १२ पुस । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा समुदाय प्रहरी वडा समिति गठन गरिएको छ । वडा अध्यक्ष विष्णुमणि दाहाल संयोजक र अस्थायी प्रहरी चौकी धारपानीका प्रमुख प्रहरी सहायक निरिक्षक रामप्रसाद रोका सह संयोजक रहेको ३१ सदस्यीय समुदाय प्रहरी वडा समिति गठन भएको हो ।
उक्त वडा समितिमा स्थानीय समाजसेवी, गाउँका अगुवा, वडा पालिकाका सदस्य, महिलालगायतको सहभागिता रहेको छ । समुदाय प्रहरी समितिका बारेमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका प्रहरी नायब निरिक्षक विनोद डिसीले जानकारी गराउनुभएको थियो । नेपाल प्रहरीले भर्खरै सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न समिति निर्माण गरिएको हो ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढ्ने योजना रहेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस