दाङ, १३ पुस । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ ईकाई समितिमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट तीनवर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो ।

सभापतिमा शिवप्रसाद न्यौपाने, उपसभापतिमा दुर्गालाल केसी, सचिवमा मोहनलाल पुलामी, उपसचिवमा पुरुषोत्तम आचार्य र कोषाध्यक्ष पर्शुराम चौधरी चयन हुनुभएको छ । सदस्यहरुमा इन्द्रजित सिंह, सुशीलकुमार आचार्य, ढुण्डिराज मरासिनी, रञ्जु शर्मा, श्रीराम थारु र शारदा सुवेदी चयन हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिहरुमा डा. गणेश पाण्डेय, योगराज शर्मा, डा. ऋद्धिराज शाह, ध्रुवराज गौतम, रम्भाकुमारी अर्याल र सुधीरकुमार शर्मा चयन भएको निर्वाचन समिति संयोजक बिष्णुबहादुर क्षेत्रीले जानकारी दिनुभयो । निर्वाचन समितिका सदस्यहरु डा. बाबुराम आचार्य र टीकाराम बुढाले नवनिर्वाचित सबैलाई बधाई दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस