दाङ, १४ पुस । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकजनाको मृत्युभएको छ भने दुईजना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गनारीस्थित तल्लो ग्वारखोलामा इन्भर्टर र व्याट्री प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुर ६ रजौराका ४४ बर्षीय अम्मर चौधरीको मृत्युभएको हो ।
चौधरीको घटना स्थलमै मृत्युभएको र उनीसँगै माछा मार्न गएका सोही ठाउँका ४५ बर्षीय पुष्कर भण्डारी र ४३ बर्षीय श्रीराम चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
Advertisements


