घोराही, १४ पुस । दाङमा आगलागीमा परेर एक बृद्धको मृत्युभएको छ । बबई गाउँपालिका वडा नम्बर ६ पातुखोलाका ७० बर्षीय डिल्ली बोटेको शनिबार मध्यान्न आगोमा जलेर मृत्युभएको हो ।
घरकै ओछ्यानमा चुरोट खाएर सुतेको र सोही चुरोटबाट आगो सल्किदा बोटेको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोली र स्थानीयहरुले आगोलाई नियन्त्रणमा लिएका थिए ।


