घोराही, १५ पुस । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई मातृशोक परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी निबासी ९० बर्षिया झुविया चौधरीको आइतबार बिहान घरमै निधन भएको हो । दिवंगत चौधरी केही समयदेखि रक्तचापको समस्यामा रहनुभएको थियो ।

यसैविच घोराही उपमहानगरपालिकाले नगर प्रमुख नरुलाल चौधरीको आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रवक्ता भरत अर्यालले शोक विज्ञप्ति जारी गर्दै दिव‌ंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको छ । साथै शोकाकुल परिवारमा समेत समवेदना प्रकट गर्नुभएको छ ।

यसैविच घोराही उपमहानगर कार्यपालिकाले पनि नगर प्रमुख चौधरीका आमाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार दिउँसो नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दिवंगत झुवियाप्रति श्रद्धाञ्जली दिँदै शोकमा रहेको नगर प्रमुखको परिवारमा समवेदना प्रकट गरेको हो ।

यसैबीच दिवंगत झुविया चौधरीको आइतबार नै बबई नदीको चेपेखोला घाटमा अन्तिम दाहासंस्कार गरिएको छ । साथै नगर प्रमुख चौधरीका आमाको निधनप्रति जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेलले विज्ञप्ति जारी गरी दुःख व्यक्त गर्नुभएको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले पनि शोक विज्ञप्ति जारी गरी नगर प्रमुख चौधरीकी आमा झुविया चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले पनि नगर प्रमुख चौधरीकी आमाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस