दाङ, ९ मंसिर । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले समृद्धिको आधार उद्योग भएको बताउनुभएकाे छ । उद्योग स्थापनाले रोजगारी र जिल्लाको विकास दुवैमा टेवा पुग्ने बताउँदै उहाँले दाङमा अब उद्योगको विकास गर्न जरुरी भएको बताउनुभयो ।

‘जिल्लाको समृद्धिको आधार उद्योगको विकास हो’ घरेलु तथा साना उद्योग कार्यालयले आइतवार गरेको तेस्रो उद्योग दिवसलाई सम्वोधन गर्दै प्रमुख नेपालीले भन्नुभयो ‘नागरिकको प्रत्यक्ष जीवनस्तर सुधारगर्ने खालका उद्योगलाई राज्यले प्रोत्साहन गर्न आवश्यक छ ।’ उहाँले विशेष गरेर जिल्लामा कृषिमा आधारित उद्योग स्थापना गर्न सकिने सम्भावना धेरै भएकोले त्यसमा सबै गम्भीर बन्नुपर्ने समेत बताउनुभयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लामा औद्योगीक क्षेत्रको विकासको वातावरण निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रवक्ता भरत अर्याल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी बामदेव शर्माले गर्नुभएको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग प्रवर्द्धन समितिका संयोजक तथा जिल्ला समन्वय  समिति दाङका प्रमुख नेपालीको अध्यक्षतामा भएको थियो । कार्यक्रमपूर्व घोराहीमा प्रभातफेरि समेत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस