दाङ, फागुन २० । नेपाली काँग्रेसको ५ न‌म्बर प्रदेशको संसदीय दलको नेता अब निर्वाचनबाट चयन हुने भएको छ ।

काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई सहमतिका आधारमा स‌ंसदीय दलको नेता चयनको जिम्मेवारी दिए पनि आकांक्षी धेरै भएपछि अन्ततः चुनावी प्रक्रियाबाटै नेतृत्व चयन हुने भएको हो ।

निर्वाचनका लागि काँग्रेसले अधिवक्ता डा. बुद्धबहादुर थापाको स‌ंयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

चैत्र ६ गते तय गरिएको निर्वाचनमा प्रदेश सांसदहरु बलदेव शर्मा पोख्रेल, वीरबहादुर राना, वीरेन्द्र कनोडिया, फकरुद्धिन खाँ र डिल्लीबहादुर चौधरी गरी ५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस