दाङ, १७ माघ । जवरजस्ती करणीको आरोपमा दाङमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ रामपुर बस्ने वर्ष १८ को मुकेश विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनले घोराही ४ सोनपुर पारखेत बस्ने बर्ष ५ की एक वालिकालाई माघ १६ गते वेलुकी साढे ६ बजे घर नजिकको खोलामा लगी जबरजस्ती करणी गरेको जनाइएको छ ।

निजलाई पक्राउ गरी मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१८ को दफा २१९ बमोजिम ( करणी सम्बन्धी) कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवत्ता रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो । बालिकाको उपचारपछि अवस्था सामान्य रहेको जनाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस