घोराही, १९ माघ । घोराही १८ नवलपुरका बालबालिकाहरुको आज भएको भेलाले नवलपुर बाल क्लब गठन गरेको छ ।
जसको अध्यक्षमा ध्रुव चौधरी, उपाध्यक्ष सुशनकुमार पुन, सचिव जिज्ञासा भट्टराइ, सहसचिव अजिता पोख्रेल, कोषाध्यक्ष आयुष बेलबासे तथा सदस्यहरु सुशन चौधरी, अदिति पुन, मनिष श्रेष्ठ, इशा श्रेष्ठ, फिरोज चौधरी, हेमन्त पोख्रेल, विधान केसी र अभिषेक खनाल रहनुभएको छ ।
भेलाले बुद्धिप्रकाश चौधरी, दीपक पुन र नरेन्द्र केसीलाई सल्लाहकारमा चयन गरेको छ । ध्रुव चौधरीको अध्यक्षता र वडा सदस्य बुद्धिप्रकाश चौधरीको प्रमुख आतिथ्यमा भएको बाल भेलामा नवलपुर युवा क्लबका अध्यक्ष दीपक पुन, स्थानीय अभिभावक एवं पत्रकार नरेन्द्र केसी, अभिभावकहरु सन्तोष पुन, कुमानन्द शर्मा, चित्रबहादुर चौधरीलगायतको सहभागिता थियो ।
भेलाले क्लबलाई वडा कार्यालयमा दर्ता गर्ने र हरेक महिनाको अन्तिम शनिवार बैठक गर्ने निर्णय गरेको क्लबका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)