घोराही, २८ माघ । दाङ प्रहरीले बालिका अपहरण गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । दाङको घोराहीबाट बालिका अपहरण गरी फरार रहेको सूचनाका आधारमा खोजतलास गर्दा घोराही ९ ढिकपुरका २८ बर्षीय प्रयास चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कालीकोटी ४ राँचुली घरभई हाल दाङ घोराही १४ कपासी बस्ने अस्मिता शाहीकी ३ बर्षीया छोरीलाई सोमबार दिउँसो २ बजेतिर अहरणगरी फरार रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । बालिका अपहरणगरि फरार रहेको भन्ने सूचना पाउनसाथ खोजतलास गर्दा घोराही १५ रतनपुरबाट बालिकालाई सकुशल उद्धार गरिएको छ ।

साथै अपहरण गर्ने चौधरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्दकसम्वन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस