घोराही, १५ फागुन । मिड वेष्टर्न टेक्निकल भोकेशनल एण्ड ट्रेनिङ इन्ष्टिच्युट घोराही दाङको आयोजनामा प्राविधिक शिक्षा र यसको महत्वका बारेका बुधबार छलफल गरिएको छ ।

मिड वेष्टर्न टेक्निकल भोकेशनल एण्ड ट्रेनिङ इन्ष्टिच्युटका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा प्राविधिक शिक्षाको भविश्य राम्रो रहेको धारणा राखेका थिए । नेपालमा प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने भन्दै बक्ताहरुले नेपालमा परम्परागत शिक्षाले भन्दा प्राविधिक शिक्षाले धेरै रोजगारीका अवसरहरु सृजना गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा अष्ट्रेलियको चाल्र्स स्टर्ट युनिभर्सिटीबाट प्रोफशनल एकाउन्टिङमा डिग्री सम्मको शिक्षा हासिल गरेर देशका विभिन्न स्थानमा व्यावसायिक उत्प्रेरणा दिदै आउनुभएका विजय पण्डीतले प्राविधिक शिक्षाका बारेमा बोल्नुभएको थियो । पण्डीतले नेपालमा प्राविधिक शिक्षाको अवस्था अहिलेको भन्दा राम्रो बनाउनुपर्ने भन्दै नेपालमा भन्दा विदेशमा प्राविधिक शिक्षाको महत्व बढिरहेको बताउनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस