तिर्थराज ज्ञवाली

मसुरीया (दाङ), १० चैत । राप्ती गाउँपालिकामा लैङ्गीक हिंसा विरुद्ध निगरानी समूहलाई सक्रिय बनाउन वडागत रुपमा गठित निगरानी समूहको नियमित रुपमा बैठक बस्ने गरेको सहायक महिला विकास निरीक्षक विनिता अधिकारीले जानकारी दिनुभएको छ ।
राप्ती गाउँपालिकामा विगतका वर्षहरुमा गठन भई पछिल्लो समयमा निस्कृय निगरानी समूहलाई राप्ती गाउँपालिकामा महिला तथा बालबालिका शाखा स्थापना भए पश्चात् सहायक महिला निरीक्षकको रोहबरमा नौवटै वडामा  निगरानी समूह गठन गरी लैङ्गीक हिंसा विरुद्ध अभियान तथा खबरदारी गरिदै आइएको छ ।
महिला विकास निरीक्षक विनिता अधिकारीका अनुसार वडागतरुपमा गठन भएका निगरानी समुहले आफ्नो टोल, गाउँ, वडामा महिला बालबालिका माथि हुने हिंसा, दुर्व्यवहार विरुद्ध जनचेतना जगाउने, सचेत गर्ने, पीडामा परेकालाई कानुनी उपचारका लागि सहयोग गर्ने, हिंसा नगर्न र नसहन, १६ दिन लैङ्गीक हिंसाविरुद्धको अभियानमा सक्रिय लाग्ने लगायतका कार्य गर्दै आएको बताउनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस