तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), २१ चैत । राप्ती गाउँपालिका वडा नम्बर २ मा सिलाई कटाई तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले तालिम ध्यान दिएर सिक्न आग्रह गर्दै त्यसको सही सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको छ । दुई महिने सिलाई कटाई तालिमको उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष सुवेदीले सिलाईकटाईको सदुपयोग गर्न सके आयस्तर बृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
गाउँपालिका नागरिकलाई स्वरोजगार बनाउने उद्देश्यका साथ सीप सिकाउन लागिरहेकोले  उहाँले धारणा राख्नुभयो । तालिम आयोजना खर्दा धेरै खर्च हुने भएकाले एकैपटक धेरैलाई सहभागी बनाउन नसकिएको बताउँदै उहाँले सहभागीहरु छनौट गरी तालिम दिइएको बताउनुभयो ।
राप्ती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको विशिष्ट आथित्यतामा उद्घाटन कार्यक्रम भएको थियो । तालिममा वडा नं. २ का अति बिपन्न दलित, जनजाति तथा अन्य जातजातिका महिलाहरु सहभागी छन् ।
तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडा अध्यक्ष जगतबहादुर थापा, वडा सदस्य बसन्त नेपाली, लालबहादुर चौधरी, फुर्सी नेपाली, वडा सचिव सीता भण्डारीले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस