तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), २४ चैत । राप्ती गाउँपालिकाद्वारा वडा नं ५ को पहाडी क्षेत्रको विकास अवस्थाको प्रगतिको बारेमा अवलोकन गरिएको छ । यस आर्थिक वर्षको स्वीकृत बार्षिक योजना अन्तरगत वडा नं ५ को पहाडी क्षेत्रको विकास र योजनाको अवस्थाको वारेमा अवलोकन गरिएको हो ।
अवलोकनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, वातावरण शाखा प्रमुख रेशमराज अधिकारी, वडा नं ५ का वडा सचिव शेरवहादुर हमाल र  सब ईन्जिनियर अनिल रावत तथा सञ्चार संयोजक तिर्थराज ज्ञवालीको सहभागीता रहेको थियो ।
वडा नं ५ मा राप्ती गाउँपालिकाले हाल भैरहेको विकास र तिनको अवस्थाबाररे सूक्ष्म अवलोकन गर्दै आगामी दिनमा कस्ता र कुन विकासको कार्यक्रम लैजाने भन्ने विषयमा करङ्गेकोट, चित्रिकोट, थकरीकोट, तल्लो करङ्गेकोट, भुल्के, बंगलाचुली र राप्तीको पहाडी सिमानाको अवलोकन गरिएको हो ।
अवलोकनको क्रममा स्थानियबासी, गाउँका अगुवा, निर्माण उपभोक्ता समितिका पदाधिकारी, विद्यालयका अभिभावक, शिक्षकहरुसँग सोधपुछ समेत गरिएको थियो ।
करङ्गेकोट सिसहनियाँ बाटो, पहरुवा भुल्के बाटो, करङ्गेकोट  बंगलाचुली बाटो, करङ्गेकोट बैराहा बाटो, करङ्गेकोट  विद्युत विस्तार अवस्था, करङ्गेकोट थकरीकोट खानेपानीको अवस्था, स्वास्थ्य सेवा सम्भावना, विद्यालयको अवस्था र सुधारगर्न सकिने कार्य, धार्मीक तथा पर्यटकीय स्थानको सम्भावना, जडिवुटि तथा खाद्य पदार्थको उत्पादन तथा सम्भाव्यता बारेमा अवलोकन गरिएको थियो ।
राप्ती गाउँपालिकाले वडा नं १, २, ५ र ९ को पहाडी क्षेत्र र सो स्थानमा बस्ने नागरिकको सेवा सुविधाको लागि पछिल्लो  दुई आर्थिक वर्षमा धेरै बजेट विनियोजन गर्दै आएको छ । जनसंख्या एवं जनघनत्वको आधारमा गाउँपालिकाले पहाडी क्षेत्रको विकासका लागि मैदानी भू-भागको तुलनामा बढी बजेट विनियोजन गर्दै आएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस