घोराही, ३ चैत । प्रगतिशील लेखक संघ प्यूठानको अध्यक्षमा लीला पुन चयन हुनुभएको छ । संघको शनिबार प्यूठानको पुण्यखोलामा सम्पन्न भएको पाँचौँ जिल्ला अधिबेशनले पुनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा अग्निधर चन्द बोहरा, सचिबमा ध्रुब गिरी, सहसचिबमा तिलक पन्थी, कोषाध्यक्षमा बिमला खनाल चयन हुनुभएको छ । यस्तै रामप्रसाद पोखरेल, कल्पना खड्का, टंकबहादुर केसी, गोपाल थापा, राजकुमारी कवर र अजित घर्ती मगर सदस्यमा चयन हुनुभएको छ ।
जिल्ला अध्यक्ष टोपाराम आचार्यको अध्यक्षतामा अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा संघका उपाध्यक्ष पद्मप्रसाद शर्मा, प्रदेश सदस्य खेमराज शर्मा, स्वर्गद्वारी बहुमुखी क्याम्पसका प्रमुख कल्पना खड्का, पूर्व क्याम्पस प्रमुख मोहन गिरी, साहित्य परिषद् प्यूठानका अध्यक्ष गेहराज थापा, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य चक्रपानी पौडेलले बोल्नुभएको थियो ।
उपाध्यक्ष लीला पुनको स्वागत मन्तब्यबाट सुरु भएको अधिबेशन उद्घाटन कार्यक्रमको सञ्चालन अग्निधर चन्द बोहराले गर्नुभएको थियो । अधिबेशनमा प्रगति तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)