हापुरे, ४ चैत । उत्तरकुमार वलीको निधन पश्चात स्थगित भएको “बबई साहित्य गोष्ठी –२०७५’’ चैत १६ गते हुने भएको छ । आयोजक समितिका संयोजक प्रमोद धितालको अध्यक्षतामा सोमबार बसेको बैठकले चैत १६ गते गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, डा. अमर गिरी, गिरिराज शर्मा र जनगायक जीवन शर्मालाई आमन्त्रण गरिएको छ । कार्यक्रममा कवि गोष्ठी र सांगीतिक प्रस्तुती गरी दुई चरणमा सम्पन्न हुने जनाइएको छ ।

उक्त कार्यक्रममा दाङका साहित्यकारहरु डा. कृष्णराज डिसी, यज्ञबहादुर डाँगी, टीकाराम उदासी, उत्तमकृष्ण मजगैयाँ, केशब थापा, हिरामणि दुःखी, पद्मप्रसाद शर्मा, रामप्रसाद जैसी, शरद अधिकारी, खगेश्वर भण्डारी, शशिधर भण्डारी, भुवन देबकोटा, नबीन अभिलाषी, घनश्याम अस्तित्व, दीपा धिताल, भावना न्यौपाने, शारदा शर्मा, टीकाराम रेग्मी, टीका बस्नेत, रन्जित बुढा, राधिका परियार, प्रबल बिष्ट, प्रकाश केसीको सहभागिता रहने छ ।

कार्यक्रममा बाचित रचनाहरु संकलित गरी “बबईका सुसेलीहरु’’ नामक कबिता संग्र्हमा प्रकाशन गरिने आयोजक समितिले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस