घोराही, १७ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले वडाका अतिविपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्षको ५० हजार रुपैयाँको कार्यक्रम अन्तरगत वडाका ३२ जना विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरेको हो ।
जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारका जेष्ठ नागरिकहरुलाई सिरक र म्याट प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता तथा प्रदेससभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारको बिशिष्ट आतिथ्यतामा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
६० बर्ष देखी ८५ बर्ष उमेर सम्मका नेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । चिसो मौसममा वडाले आफुहरुलाई सम्मान स्वरुप न्यानो कपडा दिएको प्रति जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी सांसद डाँगीले स्थानिय सरकारले गरेको उक्त कार्यले जेष्ठ नागरिकहरुको सम्मान बढेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्ती, १८ का अध्यक्ष भरतमणि अर्याल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य धनपती शर्मा लगाएतकाले वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रमले सन्देश राम्रो दिएको बताउनुभयो ।
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)