तुलसीपुर, १८ पुस । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले वडा नम्वर ११ जस्पुरका किरियापुत्रीहरुलाई आर्थिक सहयोग गरेका छन् । आमा तारा विकको मृत्य भएपछि किरिया aसेका छोरीहरु आराधना र सदीक्षालाई किरिया बसेकै ठाउँमा गएर सहयोग रकम हस्तान्तरण गरिएको थियो । किरियापुत्रीहरुलाई उपप्रमुख माया आचार्यले १६ हजार ३ सय ५ सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै उपप्रमुख आचार्यले बलबालिकाहरुलाई शिक्षामा पनि उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उपप्रमुख आचार्यले हिम्मत गरेर सामाजिक कुसंस्कारलाई बदल्नका लागि किरिया बसेकोमा बालबालिकाको साहसप्रति सम्मान समेत व्यक्त गर्नुभएको थियो ।

‘उपमहानगरपालिकाले बालबालिकाहरुलाई एक्लो हुन दिदैन’ उपप्रमुख आचार्यले भन्नुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य अमर नेपाली माइकल,महिला विकास कर्मचारी माया श्रेष्ठ, सूचना प्रविधि अधिकृत प्रशंसा देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस