दाङ, १८ पुस । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले राम्रीको घटनाका मृतक शिक्षक र विद्यार्थीहरुको घर घरमा पुगेर शिक्षामन्त्रीद्वारा हस्ताक्षरित शोकपत्र बुझाउनुभएको छ ।

शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षकहरु अध्ययनका लागि सल्यानको कपुरकोट र मुलपानीमा गएर दाङ फर्कदै गर्दा गत पुस ६ गते भएको भयानक गाडी दुर्घटनामा परी ज्यान गुमाएका शिक्षकको घरमै पुगेर सल्लाहकार गौतमले शिक्षामन्त्रीको शोकपत्र अभिभावकहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

अभिभावकहरुलाई सहानुभूति तथा समवेदना दिने उद्देश्यले शोकपत्र लिएर मृतकका घर आँगनमै पुगेका सल्लाहकार गौतमले अभिभावकहरुसंग भन्नुभयो–‘मैले राम्राका लागि दाङमा यो कलेज स्थापना गरेँ, केही साथीहरुलाई जागिरमा जोडेँ, केही विद्यार्थी भाइबहिनीहरुले पढ्दै थिए तर बिडम्बना यस्तो अप्रिय घटना घट्यो ।’

शिक्षालयका कोर्डिनेटर केशरमान बुढाथोकीलाई साथमा लिएर मृतकका घरमा पुग्नुभएका गौतमले भन्नुभयो–‘यो दुर्घटनाबाट अभिभावक तथा शिक्षालय परिवारप्रति पर्न गएको अपुरणीय क्षेतीको बारेमा शब्दमा वर्णन गर्न सकिन्न तर तपाई‌ं हामी धैर्य गर्नुको अर्को विकल्प छैन ।’

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस