घोराही, १९ पुस । पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आमा सुरक्षा कार्यक्रमको रकम तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउन निर्देशन दिनुभएको छ ।

विहीबार प्रदेश सरकारका मुख्य सचिव डा तिर्थराज ढकाल र आर्थिम मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमलाई आमा सुरक्षा कार्यक्रमको रकम प्रतिष्ठानमा पठाउन निर्देशन दिनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले प्रसूतिलगायतका सेवामा शुल्क लगाएपछि नागरिक सेवा प्रभावित भएको भन्दै मुख्यमन्त्री पोख्रेलले आमा सुरक्षा कार्यक्रमको रकम उपलव्ध गराउन प्रमुख सचिव र मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको हो ।

आमा र शिशु सुरक्षाका लागि सरकारले सुत्केरीलाई प्रोत्साहन भत्ता दिने गरेकोमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी गराउदा पनि शुल्क तोकेपछि रकम पठाउने तयारी गरिएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस