तुलसीपुर, पुस २० । शान्ति टाेल एवं सयुक्त चौधरी टाेल तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँको बैठक आज सम्पन्न भएको छ ।। बैठकले माघी पर्वको उपलक्ष्यमा पुस २७ गते माघि मिलन कार्यक्रम गर्ने निर्णय गरेको छ । संयुक्त चौधरी टाेलका अध्यक्ष माघु चौधरीको अध्यक्षता एवं शान्ति टाेलका अध्यक्ष रमेश अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यक्रमलाई व्यवस्थापन गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । कार्यक्रममा लोकगायक प्रेम विवश घर्ती, रोसन रत्गैयाँ, तुलसीपुर १० का ३० वटा टाेल विकास संस्थाका प्रस्तुति रहने शान्ति टाेल संस्थाका सचिव रेखबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

यसैबीच प्रमुख अथितिमा संघीय सांसद हिराचन्द्र केसीलाइ आमन्त्रण गर्ने समेत निर्णय गरिएको चौधरी टाेलका सचिव अमृत चौधरीले जानकारी दिनुभएको छ । कार्यक्रममा दोभान कलापुन्ज, सिअना कला केन्द्रको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस