दाङ, २० पुस । घोराही उपमहानगरपालिका वडा नं. २ मा सडक कालोपत्रेको काम सुरु भएको छ । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ६ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । पहिलो चरणमा सडक चौडा पार्ने काम सुरु गरिएको छ । रामपुरको बालिमखोलादेखि सिमलतारासम्मको सडक कालोपत्रेको काम सुरु गरिएको वडा अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।सहरी विकास मन्त्रालयको ७७ करोड रुपैयाँको लागतमा सडक कालोपत्र हुन लागेको हो । १२ मिटर चौडा रहेको उक्त सडक २ मिटर पक्की नाला निर्माण एवं १० मिटरमा कालोपत्रे हुने अध्यक्ष आचार्यले जानकारी दिनुभयो । दाङको घोराही रामपुर–हाँसीपुर हुँदै प्युठान जोडिने उक्त सडक ५ नम्बर प्रदेशकै नमुनाका रुपमा निर्माण गरिने उहाँले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस